• २०८३ असोज २७ गते मङ्गलवार

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण ०५, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो ।

करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जनाएका छन । उनका अनुसार गैँडाको खागखुर भने सुरक्षित रहेको छ । गैँडा बुढो भएर मरेको अनुमान गरिएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस