• २०८३ बैशाख १४ गते सोमवार

अजैविक फोहोर छान्ने ‘सेग्रिगेसन हाउस’ सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ४, नुवाकोट ।  नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ। ‘विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर’ भन्ने नाराका साथ वडा नम्बर ९ सामरी दोभानमा स्थापना गरि मगंलबारबाट सेग्रिगेसन हाउस संचालनमा ल्याइएको हो ।

केन्द्रीय सरकारको विशेष अनुदान शिर्षकबाट प्राप्त ४० लाख रुपैयाँ र नगरपालिकाको ४० लाख रुपैयाँ गरी ८० लाख रुपैयाँमा सेग्रिगेसन हाउस निर्माण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नगरपालिकाबाट उत्पादित फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्दा आयआर्जनको श्रोत समेत बन्ने बताए । परिवर्तनको प्रयासहरु निरन्तर रुपमा भइरहे पनि त्यसलाई दिगो रुपमा सञ्चालन गर्न चुनौती रहेको प्रमुख जिल्ला अधिकारी ढकालको भनाई छ ।

विदुर नगरपालिकामा दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिसत नकुहिने फोहोर उत्पादन हुने गरेको छ । ती नकुहिने फोहोरलाई सेग्रिगेसन हाउसबाट छानिने नगरपालिकाले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको नाममा रहेको जग्गामा सेग्रिगेसन हाउस निर्माण गरिएको हो ।नगरपालिकाबाट उत्पादित फोहोरलाई वर्गिकरण गरेर व्यवस्थापन गर्दा आयआर्जनको श्रोत समेत हुने भएकोले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याइएको मेयर पण्डितले बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस