• २०८३ असार १७ गते बुधवार

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको छ : गृहमन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको बताएका छन् ।

उनले घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे । गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको बताउँदै निर्मला प्रकरणबाट पाठ सिकेर प्रहरी व्यावसायिक रूपमा अनुसन्धानमा जुटेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस