• २०८३ बैशाख ५ गते शनिवार

रोल्पामा भीरबाट लडेर मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ४, रोल्पा। रोल्पामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका १ तुसार पानी बस्ने १८ वर्षीय आयुष वलीको भीरबाट लडेर मृत्यु भएको हो।

घर्तिगाउँ बजारबाट घरतर्फ आउने क्रममा चालङ भीरबाट लडेर सोमबार उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस