मङ्सिर २९, पर्वत । मानवअधिकार जिल्ला समन्वय समितिको संयोजकमा मनोहर बी पौडेललाई चयन गरिएको छ । ति गठन गरिएको हो । पौडेल जिल्ला समन्वय समितिको प्रमुखसमेत हुनुहुन्छ ।
समितिका अन्य सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्लाका सातवटै स्थानीय तहका प्रमुख, जिल्ला बार एशोसिएशनका अध्यक्ष चन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्तोष थापा, गैसस महासङ्घका सदस्य दुर्गा नेपाली, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख उद्धिमराज पौडेल, जिल्ला स्वास्थ्य कार्यालय, जिल्लास्थित सुरक्षा निकाय र जिल्ला न्यायधिवक्ता रहेका छन् । समितिको सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी सुरेश ढकाल रहनुभएको छ ।