• २०८३ बैशाख १९ गते शनिवार

वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानपछि पनि रोकिएन बारको आन्दोलन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बार एशोसिएसनलाई वार्ताका लागि आह्वान गरे पनि कानून व्यवसायीको आन्दोलन जारी छ ।तेस्रो दिन पनि बैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश राणाले लगत्तै विज्ञप्ति जारी गर्दै वार्तामा आउन बार एशोसिएसनलाई आह्वान गरेका थिए ।

तर, राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा रहेका कानून व्यवसायीले सर्वोच्च परिषरमा नाराबाजी र धर्ना जारी राखेका छन् । जबराको राजीनामा माग्दै १४ कात्तिकदेखि आन्दोलित बारको आन्दोलन आइतबार देशव्यापी भइसकेको छ ।

वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले प्रधानन्यायाधीशले बोलाएको वार्ताको औचित्य नभएको बताएका छन् । ‘वार्ता कुनै औचित्य छैन, राजीनामा नै हाम्रो सफलता हो, वार्तामा जान हुन्नँ। नजाऊ’, उनले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस