• २०८३ जेष्ठ १८ गते सोमवार

चिनिया राजदूत यान्छीले मनाईन दशैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौँ । नेपालका लागि चिनिया राजदूत हउ यान्छीले आफ्ना सहकर्मीहरुलाई दशैँको टीका र जमरा लगाइदिएकी छन् । तर उनी आफूले भने टीका लगाएको देखिएन ।

सामाजिक सञ्जालमार्फत दशैँ मनाइरहेका तस्वीर सार्वजनिक गर्दै राजदूत यान्छीले भनेकी छन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

यसअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले भने नेपाली संस्कार अनुसार मान्यजनबाट टीक तथा जमरा आफूले पनि लगाएका थिए र अरूलाइ पनि लगाइदिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस