• २०८३ बैशाख ५ गते शनिवार

तारकेश्वर धाम : काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तब्य

पुकार तिमल्सिना पढ्न लाग्ने समय : २ मिनेट

साउन ३१, काठमाडौ । एतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधामलाई काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तब्य हुने भएको छ । नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्र्तगत तारकेश्वर तिनपिप्ले देखी भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म हाईकिङ्ग कार्यक्रमको आयोजना गरिएको छ ।

तारकेश्वर नगरपालिका, तारकेश्वर पत्रकार मंच , नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा आयोजना गरिएको देश दर्शन कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी सहित नाटाका पदाधिकारीहरु , पर्यटनसंग सम्बन्धीत बिभिन्न संघ संस्थाका पदाधीकारीहरुको सहभागीता रहेको थियो ।

No description available.

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले तारकेश्वर काठमाडौं नजीकको उपयुक्तm आन्तरीक पर्यटककीय गन्तब्य रहने बताउनुभयो ।

No description available.

यहाँका प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धन गरी उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउन नगरपालिका संग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको उहाँको भनाई छ ।

No description available.

यसै गरि तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले पर्यटन बिकाशका लागि निरन्तर लागिपरेको बताउँदै अहिलेसम्म त्यसै खेर गइरहेका वस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यमबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भिœयाउन सकिने दाबी गरे । अहिले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि तारकेश्वर नगरपालिकाले स्थानीयवासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले यस नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यस्थलहरूको प्रवद्र्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताउनु भयो ।

अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा व्यवस्थित बस्ती विकास र सडक स्तरउन्नतिका काम पनि विस्तारै अघि बढेको जानकारी गराउँदै उहाँले अब स्थानीय सरकारले जन अपेक्षा अनुरूप अघि बढ्न सक्यो भने मात्र समृद्ध मुलुक र सुःखी नेपालीको लक्ष्यमा सजिलै पुग्न सकिने बताउनु भयो ।

 

नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्सका अध्यक्ष अच्यूत गुरागाँइले सम्भावित पर्यटकीय गन्तव्यस्थलको खोजी राष्ट्रिय अन्र्तराष्ट्रीय बजारमा प्रर्बदन गर्ने आफूहरुले सहयोग गर्ने बताउनुभयो ।

शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थीत तारकेश्वर धामसंगै , भुवनेश्वरी मन्दिर , शान्ति धाम ,भ्यूटावर जस्ता थुप्रै पर्यटककीय गन्तब्यहरु त्यस नगरपालिकामा रहेका छन ।

 

नेपालकै एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । भक्तपुरको कला, संस्कृति, परम्परा, नगरकोट, घ्याम्पेडाँडा, ५५ झ्याले दरवार, चाँगुनारायण मन्दिर, रानीकोट, साँगामा रहेको कैलाशनाथ महादेव, न्यातपोल, डोलेश्वर मन्दिर अनन्तलिङ्गेश्वर मन्दिर, पाइलट बाबा आश्रम, निर्माणाधिन पाथिभर मन्दिर लगायतका असंख्य पर्यटकीय स्थलहरुको संगम रहेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस