साउन ३१, बागलुङ । बागलुङमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ बडिगाड गाउपालिका वडा नं. ५ सिमाक बस्ने चन्द्र बहादुर पाईजाको छोरा बर्ष २२ को रमेस पाईजाको फुपु दिदिको घरमा मोबाईल चार्ज गर्ने क्रममा बिद्युत सट हुन गई मृत्यु भएको हाे ।
मोबाईल चार्ज गर्ने क्रममा बिद्युत सट हुन गई मृत्यु भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी चौकी ग्वालिचौर र ईलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट प्रहरी निरिक्षक जयराम वन्तको कमाण्डमा घटनास्थल तर्फ प्रहरी टोलि खटिई गई आवश्यक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।