साउन, ३१ काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले शेरबहादुर देउवा नेतृत्वको सरकारले तनावग्रस्त अफगानिस्तानबाट नेपालीको जीवनरक्षाका लागि कुनै पहल नगरेको आरोप लगाएका छन्। नेता बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘तनावग्रस्त अफगानिस्तानबाट जीवन रक्षा गरिदिन त्यहाँ रहेका नेपालीले माग गरिरहेका छन्। तर कहाँ हरायो परमादेश सरकार अनि के गर्दै छ?’
एमाले अध्यक्ष केपी शर्मा ओली हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कानटट्टाउन्जेल र आँखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने उत्पादकहरुले समेत नदेखेको आरोप लगाएका छन्।
‘ओली हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कानटट्टाउन्जेल र आखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरू सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस्’ बास्कोटाले लेखेका छन्।