• २०८३ बैशाख ९ गते बुधवार

वालविवाह गर्ने तथा गराउने ३ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, पर्सा । प्रहरीले वालविवाह गर्ने तथा गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पकाहामैनपुर गाउँपिलका-१ धोरे बस्ने २४ वर्षीय विशाल सहनी, सोही ठाउँ बस्ने ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ बेलहीया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी रहेका छन ।

महेश र ठगले आपसी सहमति गरी धोरेस्थित भुटनदेवी मन्दिरमा विशालसँग २०७७ माघ १९ गते १७ वर्षीया किशोरीसँग वालविवाह गराएको खुल्न आएपछि वालविवाह गर्ने विशाल र वालविवाह गराउने कार्यमा संलग्न महेश र ठगलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस