• २०८३ कार्तिक ११ गते मङ्गलवार

 थप २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण,संक्रमितको कुल संख्या ७ लाख ९ हजार ४ सय ३७

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७६८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

८ हजार २५६ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७८२ जना र ४ हजार ५१२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना कोरोनामुक्त भए, ३३ को मृत्यु
थप ३३ संक्रमितको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय ६३ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस