• २०८३ भाद्र १० गते बुधवार

राजविराजमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,राजविराज । तिलाठी कोइलाडी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी–५ का ७५ वर्षीय सरयोग राय रहेको छन् ।

स४प ९५४ नंको मोटरसाइकलको ठकरबाट घाइते उनको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मोटरसाइकल चालक सञ्जय राय सहित मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार राय नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस