• २०८३ बैशाख ३ गते बिहिवार

इलामको सेतेभीरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१,इलाम । इलामको माङसेवुङको सेतेभिरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी माङसेवुङ गाउँपालिका ४ मार्चेबुङ बस्ने सोही माङसेवुङ ४ का वडा सदस्य समेत रहेका वर्ष ३६ का धनबहादुर राईको मृत्यु भएको हो ।

दमक रबि सडक खण्डमा मे ८ प ६०४ नम्बरको मोटरसाईकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल आफैँ अनियन्त्रित भएर सोही स्थानको रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी १०० मिटर तल झरेको थियो । सो क्रममा टाउकोमा चोट लागी शख्त घाइते भएका उनलाई उपचारको लागी बीएन्डसी अस्पताल बिर्तामोडमा लगिएकोमा उनलाई तत्काल डाक्टरले मृत घोषित गरेका थिए ।

अहिले उनको शव सोही अस्पतालको शवगृहमा रहेको र आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी गराए ।

Sharing

प्रतिक्रिया दिनुहोस