असार ३१, विराटनगर । हतियार र लागूऔषधसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । बुधबार राति विराटनगरबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई एउटा कटुवा पेस्तोल लागूऔषध एभिल दुई सय ९२ र लुपिजेसिक दुई सय ९५ एम्पुल तथा एउटा चक्कु र दुईवटा मोबाइलसहित सशस्त्र प्रहरी बल मोरङले पक्राउ गरेको हो ।
शंकास्पद रूपमा पैदल नै नेपाल प्रवेश गरेका पटेललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियार र लागूऔषध बरामद भएको थियो । प्रहरीका अनुसार उनी भारतको जोगवनीमा बसेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।