असार ३१, नयाँ दिल्ली । भारतको बेंगलरुस्थित द कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलले पहिलो ब्याचको महिला सैनिक प्रहरी भर्ना गरेको छ । मिलिटेरी पुलिसले महिला सैनिक प्रहरी भर्ना गरी बेंगलरुस्थित द्रोणाचार्य परेड ग्राउण्डमा पहिलो ब्याचको ८३ जना महिला सैनिक प्रहरीको परेड प्रदर्शन गरेको छ ।

भारतीय सेनाले पहिलो ब्याचमा ८३ जना महिला लाई कोर्प अफ मिलिटेरी पुलिसमा भर्ना गरेको हो । महिला सैनिक प्रहरीहरु गैर कार्यकारी अधिकारीमा भर्ना गरिएको यो पहलो उदाहरण हो ।
कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाउँदै महिला सैनिक प्रहरीको परेड प्रदर्शन गरिएको हो । कोर्प अफ मिलिटेरी पुलिस सेन्टर एण्ड स्कुलका कमान्डरले महिला सैनिक प्रहरीलाई बधाई दिँदै ६१ हप्ता सम्म हुने प्रशिक्षण सफलताको शुभकामना दिएका छन् ।
प्रशिक्षणमा आधारभुत सैन्य ज्ञान, सबै प्रकारको प्रहरी निम्मेवारी, युद्ध कैदीहरुको व्याबस्थापन तथा इसारा द्धारा सञ्चार गर्नेबारे प्रशिक्षण दिईने सेनाले बताएको छ ।