• २०८३ असार १२ गते शुक्रवार

अवैध रुपमा भित्रीएका ८ वटा मोटरसाइकल भंसार बुझाइएको

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, पर्सा । अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभई अवैध रुपमा भित्रीएका भारतीय नम्बर प्लेटका ८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई भंसार बुझाएको छ ।

गत बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा चलाएका तथा कागजपत्र नभएका ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस