• २०८३ जेष्ठ २३ गते शनिवार

थप एक हजार ६८१ कोरोना संक्रमित थपिए, चार हजार १८७ कोरोनामुक्त, ४१ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ मा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ ।

एन्टीजेन विधिबाट २२ हजार ४०३ को रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा हाल ६३ हजार २५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार १८७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमित निको भएका छन् । कोरोनाबाट निको हुने दर ८८.३ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस