असार १, सुर्खेत। कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८र ०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । चार बजे बस्ने अर्को बैठकमा सरकारले आर्थिक बर्षको बजेट पेश गर्ने तयारी गरेको छ ।