जेष्ठ १, बागलुङ । कोरोना संक्रमणबाट १० दिनमा एक परिवारका चार जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ४ मा एकै परिवारका चार जनाले उपचारको क्रममा अस्पतालमा मृत्यु भएके हो ।
विवाह उत्सव र भोजपछि बिरामी परेका उनीहरुमध्ये तीन जनाको धौलागिरी अस्पताल र एक जनाको पोखरामा मृत्यु भएको हो । वैशाख २४ गते ८७ वर्षका बाबु, वैशाख ३० गते ४० वर्षका छोरा, ३१ गते ५१ वर्षका छोरा र शनिबार ५३ वर्षीया छोरीको मृत्यु भएको हो ।
वैशाख १० र ११ गते घरमा भएको विवाह उत्सव पछि परिवारका सदस्य बिरामी पर्न थालेका थिए । उक्त गाउँका अन्य ४८ जनाभन्दा धेरैमा कोरोना संक्रमण भैसकेको छ । केही जटिल समस्या भएकालाई भने अस्पताल भर्ना गरिएको छ । वैशाख ३१ गते उनीहरुको छिमेकी ७५ वर्षीय महिलाको पनि मृत्यु भएको थियो । उक्त विवाह उत्सवपछि एउटै टोलका ५ जनाको मृत्यु भैसकको छ ।