• २०८३ बैशाख ६ गते आइतवार

ओमान उड्यो सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्तहुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । शनिबार ओमानको राजधानी मस्कटको लागि विमानले उडान गरेको हो ।

बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ । यस्तै बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि शनिबार साँझ नै चीनको बेईजिङमाको लागि उडान भर्ने छ । त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी एयरलाइन्सले गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस