• २०८३ असार १७ गते बुधवार

माओवादी केन्द्र र कांग्रेस मिलेर स्थिरता दिने सामर्थ्य छैन : मुख्यमन्त्री शंकर पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २,काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्र र कांग्रेस मिलेर वर्तमान सरकारको विकल्प तथा स्थिरता दिने सामर्थ्य नराख्ने ठोकुवा गर्नुभएको छ ।

पछिल्लो केही समय यता संघ तथा प्रदेश सरकारमा गठबन्धन गरी माओवादी तथा कांग्रेसले सरकार परिवर्तनको लागि अगाडी बढिरहेको समयमा मुख्यमन्त्री पोखरेलले भने उक्त गठबन्धनले मुलुक तथा नेपाली राजनीतिमा अस्थिरता र अन्योल सिर्जनामात्र गर्न सक्ने बताउनुभयो ।

वर्तमान समय तथा जनताको माग राजनीतिक स्थिरताको साथै विकास र समृद्धि भएको प्रति संकेत गर्दै मुख्यमन्त्री पोखरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘नेपाली राजनीतिमा माओवादी र कांग्रेस मिलेर अस्थिरता र अन्योल सिर्जना गर्न त सक्लान् । तर विकल्प र स्थिरता दिने सामर्थ्य राख्दैनन् ।

वर्तमान संघ तथा प्रदेश सरकारको विरुद्धमा माओवादी तथा कांग्रेसले अविश्वासको प्रस्ताव ल्याई आफ्नो नेतृत्वमा सरकार निर्माण गर्ने खेलमा लागेका छन् । तर सरकार विरुद्धको खेलमा लागेपनि माओवादी केन्द्रले संघ तथा प्रदेशमा सरकारलाई दिएको समर्थन भने फिर्ता लिने हिम्मत गरेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस