चैत २, काठमाडौं । प्रहरी प्रधान कार्यलय विशेष ब्यूरो दरबन्दी भई हाल लागू औषध नियन्त्रण ब्यूरो,कोटेश्वरमा कार्यरत प्रहरी नायब निरीक्षक बालकृष्ण संजेल फागुन महिनाको सर्वोकृष्ट प्रहरी धोषणा भएका छन । नेपाल प्रहरीको विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्याए बाफत उनि सम्मानित भएका हुन ।

बिभिन्न लागू औषध अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरी आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी बिभागले २०७७ साल फागुन महिनाको सर्वोकृष्ट प्रहरी घोषणा गरी प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले प्रशंसा पत्र प्रदान गर्नु भएको हो ।
