चैत २, मोरङ। सिद्धबाबा भनिने कृपष्णबहादुर गिरीलाई सफाइदिने सुनसरी अदालतसंग असन्तुष्ट सरकारी वकिलको कार्यालयले उच्च अदालत मोरङमा पुनरावेदन गरेको छ । सुनसरी स्थित चतराका गिरीलाई बलात्कार मुद्दामा सफाइदिने जिल्ला अदालत सुनसरीको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले आइतबार उच्च अदालतमा पुनरावेदन रजिष्टे«सन भएको उच्च अदालत विराटनगरका प्रबक्ता ओमराज सुवेदीले जानकारी दिनु भयो ।
गिरीलाई आफ्नै अनुयायी माथि बलात्कार गरेको मुद्धामा निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालते सफाई दिएको थियो । गिरी थुनामा रहेका बेला उनलाई मंसिर २२ मा जिल्ला अदालते सफाई दिएको हो । सरकारी वकिलको उपस्थिति विना एकतर्फी बहस गरेर सफाई दिएको हुनाले सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको थियो ।
आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उनलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो। त्यसबेला एकतर्फी बहस गरेर उनलाई सफाइ दिइएको भन्दै सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको थियो।
न्यायाधीश कोइरालाले माघ २९ मा प्रमाणीकरण गरेको फैसलाको पूर्णपाठमा अपहरण गरी वा शरीर बन्धक बनाएर जबरजस्ती करणी गरिएको भन्ने भनाइ जाहेरवालीको नभएको र जबरजस्ती करणी भन्न मिल्ने आधार नदेखिएको भन्दै सहमतिमा यौन सम्बन्ध देखिएको फैसलामा उल्लेख छ।