चैत २, काठमाडौं। मुलुकमा थप ७९जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३११ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ७९ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ ।