• २०८३ बैशाख ६ गते आइतवार

 कोरोनाविरुद्धको खोप भित्र्याउन निजी क्षेत्रलाई अनुमति

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौँ। सरकारले विदेशबाट कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) भित्र्याउन निजी क्षेत्रलाई पनि अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागले निजी क्षेत्रलाई पनि खोप आयात गर्न दिने जनाएको हो ।

विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त खोपको प्रयोग तथा आयात गर्न अनुमति लिन इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई आवेदन दिन भनेको छ । सूचना जारी भएको मितिले ७ दिनभित्र औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता २०७७ को नियमभित्र रहेर आवश्यक कागजातसहित आवेदन गर्न आह्वान गरिएको छ ।

आवेदन दिन चाहानेले खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुनेगरी विवरण पेश गर्नुपर्नेछ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस