• २०८३ जेष्ठ ३० गते शनिवार

कन्टेनरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौं । ललितपुरको नख्खुमा कन्टेनरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि बसेका एक जना गम्भीर घाइते भएका छन्।

ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जनका अनुसार आइतबार राति सातदोबाटोतिरबाट आइरहेको खाली कन्टेनरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कास्कीका ३७ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको हो । प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकल चालक अधिकारीको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका ललितपुर १४ शोभाहिटीका ३२ वर्षीय रवी श्रेष्ठ गम्भीर घाइते छन्। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

ठक्कर दिने ना २ ख ७५८३ नम्बरको कन्टेनर र चालक सिन्धुपाल्चोक बाह्रबिसेका सुकुलाल तामाङलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस