• २०८३ असोज २३ गते शुक्रवार

नेकपाले जनमतको अवमूल्यन गर्‍यो : नेका महामन्त्री कोइराला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुण ०३, दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जनमतको अवमूल्यन गरेको टिप्पणी गर्नु भएको छ । संसद विघटन विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनको सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संसद विघटन जनमत विपरित भएको टिप्पणी गर्नु भएको हो ।

त्यस्तै आर्थिक,सामाजिक, भौतिक विकाससँगै सुशासन कायममा ध्यान दिने भन्दा पनि सरकार अपराध,महंगी, भ्रष्टाचार र अनियमितताको संरक्षणमा लागेको उहाँको आरोप छ । नेकपाका नेताहरुले पद लोलुपताको स्वार्थमा आफुहरुलाई केन्द्रित गराउदा संसद विघटन सम्मको असंबैधानीक काम भएको भन्दै उहाँले यसको बिरुद्धमा थप शसक्त आवाज उठाउन समेत आह्वान गर्नु भयो ।

त्यसैगरी महामन्त्री कोइरालाले अब पार्टीलाई एक ढिक्का बनाउने र जनताको माझमा कसरी टिक्ने भन्ने मुद्धालाई पनि प्राथमिकताका साथ उठाउनु पर्ने धारणा राख्नु भयो । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिपक गिरीले आगामी बैशाखमा मध्यावधी निर्वाचन हुन्छ भन्नु जनतालाई झुक्याउने खेल मात्रै भएको बताउनु भएको छ ।

यस्तै जनमत अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउदै उहाँले आफुहरु सदैव संविधानको रक्षक बनेर जनता माझमा रहेको समेत जिकिर गर्नु भयो । त्यसैगरी कार्यक्रममा बोल्ने कांग्रेसका अन्य नेताहरुले सरकारले चालेको कदम असंवैधानीक भएको र कुनै पनि हालतमा जनप्रतिनिधीको संस्था संसद पुर्नस्थापित हुनु पर्ने माग गर्नु भएको थियो ।

त्यस्तै तुलसीपुर चोकमा आयोजित सभामा पूर्व जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट र्‍याली निकाली घोराही बजारमा विरोध प्रर्दशन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस