फाल्गुन ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक अस्थिरता श्रृजना हुनबाट रोक्न संसद बिघटनको बिकल्प नभएपछि प्रतिनिधि सभा विघटन गर्नु परेको बताउनु भएको छ । सरकारले तीन वर्षको अवधिमा सम्पादन गरेका महत्वपुर्ण र एतिहासिक कार्यहरुको जानकारी दिन आयोजित समारोहमा प्रधानमन्त्री के पि शर्मा ओलिले बताउनु भएको हो ।
भूकम्पपछि पुनः निर्माण गरिएको सिंहदरवार भवनको उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिकुल अवस्थाको बावजुद पनि उल्लेख गर्न लायक धेरै कामहररु देशमा भएको बताउनु भयो । पार्टी भित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको पनि उहाँले बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकारलाई शुरु देखिनै काम गर्न विभिन्न बाधा सृजना गरेर अप्ठ्यारोमा पारेको बताउँदै झण्डै दुई तिहाई सांसदको समर्थन प्राप्त सरकारले एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको पनि उहाँले बताउनु भयो ।
सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र त्यसलाई सुनुवाइ समितिमा अड्काउने काम भएको बताउनुहुँदै अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधि सभा विघटन गर्नु परेको बताउनु भएको छ ।