जेष्ठ ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसका थप दुई हजार ९१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १० हजार ५२१ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार १४७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा पाँच लाख ३६ हजार २५२ जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८७.८ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणले नेपालमा आठ हजार ४६५ जनाले ज्यान गुमाएका छन् ।