• २०८३ बैशाख १८ गते शुक्रवार

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, नवलपरासी-पूर्व । देवचुली नगरपालिका १० बस्ने ५१ वर्षीय कृष्ण प्रसाद सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा कृष्ण प्रसाद समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २९ हजार ७ सय ६० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस