• २०८३ जेष्ठ २३ गते शनिवार

प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, काठमाडौँ। काठमाडौँको खसीबजारमा ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो खसीबजारमा ड्युटीको क्रममा रहेका प्रहरी हवल्दार शंकर बम सन्यासीलाई रुपन्देहीका ट्रक चालक ४३ वर्षीय एकराज उपाध्यायले आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

सन्यासीलाई उपाध्यायले २०० रुपैयाँ घुस दिने प्रयास गरेको ट्राफिक प्रहरीको दाबी छ । उनलाई अहिले पक्राउ गरी महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस