वैसाख ३१, रामेछाप । लिखु तामाकाेसी गाउँपालिका -६ स्थिति प्राथमिक स्वास्थ केन्द्रमा वडा कार्यलयले सात बेडको आइसोलेसन वार्डको निर्माण कार्य सप्पन्न गरेको छ। उक्त वार्डको निर्माणमा नेपाली सेनाको नयाँ गोरख गण रामेछापले सहयोग गरेको हो।

आइसोलेसन निर्माण कार्यमा सहयोग गर्नु हुने स्थानीय जनप्रतिनिधि शुशिला थापा, नेकपा एमाले जिल्ला कमिटी, नेपाली सेना लगायत सबैलाई वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले धन्यवाद दिनु भएको छ। नयाँ गोरख गणका क्याप्टेन लिलाबहादुर तामाङको नेतृत्वमा आएका सेनाहरुको सहयोगमा सात बेडको आइसोलेसन निर्माण कार्य सम्भब भएतापनि दक्ष स्वास्थकर्मी र अक्सिजन नभएकोले ब्यबस्थापन गरिदिनु हुन अध्यक्ष वडा न्यौपानेले सम्बन्धि सबैमा आग्रह गर्नु भएको छ।

गाउँपालिकामा बिगत देखिनै अध्यक्ष र वडा अध्यक्षहरु बिच देखिदै आएको विवादले कुनै कुनै वडामा बिकाशका कामले गति लिन सकिरहेको थिएन ।यसपालिको बजेट पनि खर्च गर्न गाउपालिकाले सकेको छैन। कोरोना कहरले चरमरुप लिदा समेत गाउपालिका अध्यक्ष चुपचाप बसेका छन । अहिले झन गारो छ। जनताको जीवन रक्षाका लागी हामीले सकेको गरेका छौ।अब सम्बन्धि र सरोकारवालाले खिम्तीमा आबस्यक जनशक्ति ,अक्सिजन र औषधि हरुको ब्यबस्थापन गरिदिनु पर्छ।
पहाडी जिल्ला रामेछापमा सहज अबस्थामा पनि स्वास्थकर्मिको अभाव हुन्थ्यो।