• २०८३ साउन २० गते बुधवार

प्रधानमन्त्री ओलीद्वारा गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उदघाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौँ। ललितपुरको गोदावरीमा निर्मित सम्मेलन केन्द्रको आज उदघाटन गरिंदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासबाट भर्चुअल रुपमा सम्मेलन केन्द्र उदघाटन गर्न लाग्नुभएको हो ।

शहरी विकास मन्त्रालयका सचिव डा। रमेश प्रसाद सिंहका अनुसार प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्मेलन केन्द्र उदघाटन गर्ने तयारी रहेको छ । यो सम्मेलन केन्द्र ३ हजार सिट क्षमताको छ । ४३ रोपनी १५ आनामा बनेको यो सम्मेलन केन्द्रलाई ‘गोदावरी सनराइज’ नाम दिइएको छ ।

शहरी विकास मन्त्रालयका अनुसार २०७६ कार्तिकमा ५ महिनामा सक्ने गरी सम्मेलन केन्द्र निर्माणको काम थालिएको थियो । सुरुमा ६२ करोड लागतमा ठेक्का लागे पनि यो निर्माणमा ८१ करोड खर्च भइसकेको स्रोतले जनायो । केसी–समानान्तर जेभीले ठेक्का पाएको यो सभाहल बनाउन २ पटक म्याद थप भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस