• २०८३ बैशाख ४ गते शुक्रवार

आजको मौसम : थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३१, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व(पश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव रहेको छ। जसका कारण हाल देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भु-भागहरूमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशका प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहेने छ।

महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले सबैलाई आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस