• २०८३ साउन २४ गते आइतवार

विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १, काठमाडौं । कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित धादिङ गल्छी गाउँपालिका-८ गोगनपानी बस्ने २२ वर्षीय सानुकान्छा तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा।३ ख ६१६५ नम्बरको माईक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

रौतहट, कटहरिया नगरपालिका-२ बस्ने २३ वर्षीय शेख सैदुला हाक र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई करिब १० केजी अवैध लागूऔषध गाँजा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट छेदीचोकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस