• २०८२ चैत्र २९ गते आइतवार

झुटा कुरा गरेर मेलमिलाप हुँदैन : नेता जोशी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १, दमौली। नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले झुटा कुरा गरेर मेलमिलाप हुन नसक्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा निर्मित बिपी विचार समाजको भवन आज उद्घाटन गर्दै नेता जोशीले कार्यकर्तालाई सम्मान गर्न नजानेसम्म मेलमिलापको अर्थ नरहने स्पष्ट गर्नुभयो ।

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षको टिकट दिँदा पनि कार्यकर्ताको के राय छ भनी बुझेर टिकट दिनुपर्छ”, अर्को प्रसङ्गमा पूर्वमन्त्री जोशीले भन्नुभयो, “त्यसो नगरी आफूले मनपरी गर्ने हो भने अहिलेका कार्यकर्ताले मान्ने अवस्था रहँदैन । नेता जोशीले अबको चुनावमा आफूले लड्ने तयारी गरेकाले सहयोग गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस