• २०८३ बैशाख ५ गते शनिवार

पेरिसडाँडाको पिरती तोड्न खनाल-नेपाल समूह असफल

केशव भट्टराई पढ्न लाग्ने समय : ४ मिनेट

गत फागुन २३ गते सर्वोच्च अदालतले पुर्ववर्ती पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताईदिए पछि नेपालको राजनीतिले नयाँ मोड लिएको छ । सत्ताधारी पार्टी नेकपामा देखिएको किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते हठात् रुपमा संसद विघटन गरिदिए ।

माधव- प्रचण्ड समूह विघटनका विरुद्ध सडकमा पुगे । दुई महिना लामो रस्साकस्सी पछि फागुन ११ गते सर्वोच्च अदालतले विघटनलाई बदर गरिदियो । यसको खुशियालीमा चितवनमा रहेका प्रचण्ड- माधवले लड्डु खाई खुवाई गरेर खुशीयाली मनाए । तर त्यो खुशी १३ दिन पनि टिकेन ।

प्रचण्डसँग मिठो भलाकुसारी सहितको अन्तिम बैठक बसेर आ-आफ्नो बाटो लाग्ने निर्णय गर्दा नेपाल -खनालको मुहारमा निरासा सहितको मलिनता प्रष्ट देख्न सकिन्थ्यो । एकिकृत नेकपा अध्यक्ष हुने प्रचण्डको इच्छा त पुरा भएन तर नेपाल -खनाललाई भने पुरापुर उपयोग गर्न भने सफल भएका राजनीतिक विश्लेषक बताउँछन् । प्रचण्डका विश्वास पात्रहरु भन्ने गर्छन्, “माधवलाई सहजै काबुमा राख्न सकिन्छ तर ओलीलाई सकिन्न । तातेका बेलामा हो ढाडमा टेकेर टाउकामा हान्ने ।” टाउकामा त हानेकै थिए तर फर्किएर आएको तिखो टुक्राले नेपाल -खनाललाई सख्त घाइते बनाईदियो ।

पुनः २३ गतेको सर्वोच्चको फैसला बमोजिम संवैधानिक जटिलताका कारण प्रचण्ड माओवादी केन्द्रमै बसे भने माधव कुमार नेपाल र झलनाथ खनाल पुरानो पार्टी नेकपा एमाले मै रहने निर्णय गरे । पछिल्लो राजनीतिक घटनाक्रमका समयमा आफुद्धारा गरिएका गैर्ह राजनीतिक व्यवहार र निर्णयका कारण छुव्ध बनेका बहुमत केन्द्रीय समिति सहितका एमाले अध्यक्ष केपी शर्मा ओली सँग मिलेर काम गर्न फलामको च्युरा चपाउनु जस्तै असहज हुने कुरा नेपाल -खनाल समूहलाई नहुने कुरै भएन ।

प्रचण्डसँग मिठो भलाकुसारी सहितको अन्तिम बैठक बसेर आ-आफ्नो बाटो लाग्ने निर्णय गर्दा नेपाल -खनालको मुहारमा निरासा सहितको मलिनता प्रष्ट देख्न सकिन्थ्यो । एकिकृत नेकपा अध्यक्ष हुने प्रचण्डको इच्छा त पुरा भएन तर नेपाल -खनाललाई भने पुरापुर उपयोग गर्न भने सफल भएका राजनीतिक विश्लेषक बताउँछन् । प्रचण्डका विश्वास पात्रहरु भन्ने गर्छन्, “माधवलाई सहजै काबुमा राख्न सकिन्छ तर ओलीलाई सकिन्न । तातेका बेलामा हो ढाडमा टेकेर टाउकामा हान्ने ।” टाउकामा त हानेकै थिए तर फर्किएर आएको तिखो टुक्राले नेपाल -खनाललाई सख्त घाइते बनाईदियो ।

अदालती फैसला अनुरुप औपचारिक- अनौपचारिक रुपमा पार्टी अध्यक्ष केपी ओलीसँग वार्ता गर्न छाडेर अर्को पार्टी भइसकेका नेताको सदासयता र निर्देशनको अवज्ञा गर्दै जाने सवालमा नेपाल -खनाल पक्ष चुकेको देखिन्छ । घटनाक्रम अगाडि बढिसकेको अवस्थामा अन्यत्रबाट आउने सदासयी धारणालाई तत्काल खण्डन गर्दै पेरिसडाँडातिरका नजर हटाएर धुम्बाराही पुर्याउँदा नै एमाले कार्यकर्ताका विश्वास जितिने कुरामा भने दुईमत छैन ।

यस्तो असहज अवस्थामा नेपाल-खनाल रहेका बेला प्रचण्ड पक्षका नेता देवेन्द्र पौडेल ‘सुनिल’ले एक अन्तरवार्तामा एमालेमा नेपाल- खनालको ४० प्रतिशत भाग पुग्छ भनेर भनिदिए । जसले संस्थापन पक्षलाई पुनः पहिलो झस्का दियो । अदालतको निर्णय आएको तेश्रो दिनबाट नै नेपाल -खनाल पक्षका पदाधिकारीहरु केन्द्रीय कमिटि र स्थायी कमिटिका नाममा गुटगत बैठक गरेर थप रणनीति बनाउँदै गरेका सार्वजनीक भयो । यसले संस्थापन पक्षलाई दोश्रो झस्का दियो ।

यता नेपाल -खनाल पक्ष गुटगत बैठक बस्न जुट्दै गर्दा प्रचण्डले एक कार्यक्रममा नेपाल -खनालले एमाले केन्द्रीय कमिटिको बैठकमा पार्टी कव्जा तथा विद्रोह गर्छन् भनेर नेपाल -खनाल पक्षमा निरन्तर वकालत गरिरहनुले पनि परिस्थिति थप जटिल बनाउँदै लगेको देखिन्छ । प्रचण्डको उक्त भनाईलाई संस्थापन पक्षले तेश्रो खतरनाक डिजाइनका रुपमा बुझेको छ । “प्रचण्ड एमालेमा नेपाल -खनाल पक्षबाट खेलेर ओलीलाई अनि समस्त एमाले विसर्जन गर्न लागि परेका छन्,” एमाले युवा नेता रमेश पौडेल भन्छन् ।

यीनै गतिविधि नजिकबाट नियालीरहेका अध्यक्ष ओलीले फागुन २८ गते अर्को खतरनाक निर्णय नेपाल -खनाल पक्षका नेताको जिम्मेवारी खोस्दै पदाधिकारी विहिन बनाइदिए । उनको निर्णय यति चतुर्याइँपूर्ण छ की कसैलाई पनि कारवाही नगरि मात्र भुमिका विहिन बनाईदिए । सो निर्णयले मलिन अनुहार लिएर ओलीसँगै बसेर काम गर्न आएका उक्त समूहका नेता कार्यकर्तालाई भने बिचल्ली बनाइदियो । यहाँनेर आएर नेपाल -खनालले आत्मसमिक्षा गर्न ढिलाई भएसकेको महशुुस गरेको देखिन्छ र तत्कालै समूहको बैठक बसेर चैत्र ४ र ५ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । यसले परिस्थित कता डोहोर्याउला यसै भन्न सकिँदैन तर यो निस्चित छ कि थप विग्रिन खोजे ओलीले कारवाही अगाडी नबढाउलान् भन्न सकिँदैन ।

अदालती फैसला अनुरुप औपचारिक- अनौपचारिक रुपमा पार्टी अध्यक्ष केपी ओलीसँग वार्ता गर्न छाडेर अर्को पार्टी भइसकेका नेताको सदासयता र निर्देशनको अवज्ञा गर्दै जाने सवालमा नेपाल -खनाल पक्ष चुकेको देखिन्छ । घटनाक्रम अगाडि बढिसकेको अवस्थामा अन्यत्रबाट आउने सदासयी धारणालाई तत्काल खण्डन गर्दै पेरिसडाँडातिरका नजर हटाएर धुम्बाराही पुर्याउँदा नै एमाले कार्यकर्ताका विश्वास जितिने कुरामा भने दुईमत छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस