• २०८३ जेष्ठ ७ गते बिहिवार

नेकपा प्रचण्ड-नेपाल समूह अब तेस्रो चरणको आन्दोलनमा, आज घोषणा हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । उक्त पार्टीले आज (आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै आन्दोलनरत यस समूहले तेस्रो चरणमा अझै सशक्त रुपले संघर्षका कार्यक्रम अघि बढाउने जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले आइतबार दिउँसो २ बजे पार्टी कार्यालय, पेरिस डाँडामा प्रतिगमनविरोधी संघर्षको तेस्रो चरणका कार्यक्रम घोषणा गरिन लागेको बताएका छन् ।

यसअघि यस समूहले पहिलो र दोस्रो चरणका आन्दोलन सम्पन्न गरिसकेको छ । जस अनुसार दोस्रो चरणमा माघ १३ गतेदेखि माघ २८ गतेसम्म विभिन्न विरोध कार्यक्रम, धर्ना तथा जनसभाहरू सम्पन्न गरेको थियो ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेयता नेकपाभित्रैबाट असन्तुष्ट समूहले विरोध गर्दै आएको छ । वैधानिक रुपमा अलग नभइसके पनि नेकपा प्रचण्–प्रचण्ड माधव समूहले प्रधानमन्त्रीको उक्त असंवैधानिक रहेकाले प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै आन्दोलन गरिरहेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस