माघ ०१ मुगु । सदरमुकाम गमगढी र सोरु गाउँपालिकालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा निर्माण भएको बेलिब्रीजको मंगलवार उद्धघाटन गरिएको छ । सो बेलिब्रिजको प्रतिनिधि सभाका सदस्य सांसद गोपाल बम, गाउपालिकाका अध्यक्ष लोक बहादुर शाही , जिल्लाका राजिनितिक दलहरुको उपस्तिथीतिमा सो पुलको उद्धघाटन गरिएको हो ।
तारापानी सिपगाउँ जोड्ने गरी सिपघाटमा पक्की पुल निर्माण भई मंगलवार विधिगत रुपमा उद्धघाटन गरिएको सोरु गाउपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार गाउँपालिकाको ३ करोड ३७ लाख रुपैयाँ बजेट बाट पुल निर्माण गरिएको गाउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले बताए । उनका अनुसार यसअघि कर्णाली नदीमा पुल नहुँदा स्थानीय बासी दुई चरणमा यात्रा गर्न सकस हुने गरेको थियो भने गाडी भाडा समेत चर्को भएकाले यस समस्या लाई मध्येनजर गर्दे गाउपालिकाले पहिलो प्राथमिकतामा राखेर पनि पुलको निर्माण कार्य सम्पन्न गरि उद्धघाटन गरिएको शाहीको भनाई रहेको छ । अब यहाका स्थानीय बासिहरु गाउपालिकामा सेवा प्रवाह गर्न जादा कुनै पनि पछि नहट्ने बताए ।
उनका अनुसार पुल नहुदा गमगढीबाट तारापानी सम्म एक व्यक्तिले ५ सय र सिपगाउँ देखि गाउपालिका सम्म ७ सय रुपैयाँ जिप भाडा तिरेर पनि यात्रा गर्न बाध्य भएको स्थानीय असल बमले बताए । उनले भने अब पुल निर्माण भए पछि हामिलाई सहज भएको छ । भाडा पनि सस्तो हुने उनको आशा रहेको छ । यसअघि पुल नहुँदा भारी सहितका यात्रुले ठूलो सास्ती भोग्नुपरेको उनले बताए । उनले अब ५ घण्टामै घर पुग्न सकिने आशा व्यक्त गरे । जल्पर रवीर चक्र जेभीले पुल निर्माणको काम पूरा गरेको हो ।

