माघ १, कैलाली । धनगढीमा अनड्युटीमै रहेका प्रहरी जवान मृत फेला परेका छन । जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी बिहीबार बिहान धनगढी—७ मनेहराको सडकखण्डको निर्माणाधीन कर्ल्भट तल मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चौधरी बिहान ५ बजे मृत फेला परेको बताए। निर्माणाधीन हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुँदा उनको मृत्यु भएको हो । अनड्युटीमै रहेका उनको दुर्घटना कति बेला भयो भन्ने प्रहरीले अनुसन्धान गर्दैछ ।