• २०८३ असार १४ गते आइतवार

रावलले बाडिन १७ जना बहिरा विद्यार्थी लाई न्यानो कपडा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

माघ १, मुगु । जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १ सदरमुकाम गमगढी बजारमा रहेको एक महाकाली नमुना माद्यमिक विद्यालयका बहिरा विद्यार्थी लाई न्यानो कपडा वितरण गरिएको छ । हिउदे महिना लागे पछि हिमाली जिल्लामा पछिल्लो समय चिसो बढेपछि जाडो छल्नको लागि विद्यालयमा अध्यानरत १७ जना बहिरा विद्यार्थी लाई ज्याकेट सँगै न्यानो कपडा वितरण गरिएको छायानाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका समाजसेवि महिला तथा ट्रेकिंग गाईड दुर्गा रावलले बताईन् ।

उनका अनुसार विदेशि मुलुक अमेरिकामा बस्दै आएका मुगाली छोरा तथा आफ्नै दाई हिक्मत रावल र अमेरिकी एक नागरिकको सयंक्त सहयोगमा यि विपन्न, आर्थिक अवस्था कमजोर भएका , बहिरा विद्यार्थी लार्इृ सानो भए पनि केही राहत होस भन्ने उद्देश्यले यो कपडा वितरण गरेको जानकारी दिईन । उनले भनिन् जम्मा ५० हजार भन्दा बढिको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको हो । आफु यो ट्रेकिंग गाईड गरि रहदा जिल्ला भन्दा बाहिरका अन्य जिल्ला पोखरा, मनाङ, मुस्ताङ जिल्लामा यस्ता बालवालिका लाई पनि सहयोग गरिएको रावलले सुनाईन् ।

उनले भनिन् गत चैत ११ गते बाट लकडाउन अर्थात बन्दा बन्दिको समयमा लामो समय सम्म घरमा रहदा यहाको बस्तुस्थिती लाई ध्यानमा राखि केही सहयोग गर्नु पर्छ भन्ने मनाशयाले थोरै भए पनि घाउमा मलम लगाउने प्रयास गरेको रावलको बुझाईरहेको छ । यति मात्र नभई रावलले सके सम्म आफ्नो व्यक्तिगत क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा बढि काम गर्ने रुच्ने सुनाउनु भयो । समाजमा रहेका विपन्न , गरिब , असहाय , टुहुरा बालवालिका लाई सानै भए पनि सहयोग गर्दा त्यो भन्दा भाग्यमानि अन्य कुनै नठानेको रावलेको बुझाई रहेको छ ।

म एक महिला हुँ , नेपालका प्रत्येक जिल्लामा पर्यटकको हिसावले पनि यस्ता बालवालिका धेरै देखेको छु । मनमा आशा पलाउछ कि मैले यस्ता बालवालिका लाई केही सहयोग गरे शान्ति मिल्थ्योकि उनको भनाई थियो । त्यसै अनुरुप म यो बाटोमा लागि रहेको पनि जानकारी गराईन । साथै सदरमुकाम गमगढी बजारमा रहेको एक निजि विद्यालय समता विद्यालय लाई पनि स्टेसनरीका सामान पनि सहयोग गरिएको बताईन ।

Sharing

प्रतिक्रिया दिनुहोस