• २०८३ बैशाख १४ गते सोमवार

धनकुटामा ट्याक्टर दुर्घटना, एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, धनकुटा । धनकुटाको पाख्रिबासमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । धनकुटाको पाख्रिबास बजारबाट पाख्रिबास नगरपालिका ८ सुनबालुवा तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रिबास नगरपालिका ८ लुम्पुवामा शनिबार दिउँसो दुर्घटना भएको हो ।

पाख्रिबास मुगा सडकखण्डमा पर्ने लुम्पुवामा भएको दुर्घटनामा परि ट्याक्टर सहचालक पाख्रिबास नगरपालिका ७ का २४ वर्षीय टेकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको इन्जिनको भाग सडकको बीचमा पल्टिएर दुर्घटना भएको हो ।

ट्याक्टरको सहचालकको मृत्यु भएको भनिएपछि पनि चालक नदेखिएकाले कसले ट्याक्टर चलाएको थियो भनेर अनुसन्धान हुने प्रहरीले जनाएको छ । घटनास्थलमा सुरक्षा प्रहरीको टोली पुगे पनि अनुसन्धान प्रहरीको टोली जाँदै गरेको एसपी पोख्रेलले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस