कात्तिक २७, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले गुठी सम्बन्धी समस्याको दीर्घकालिन रुपमा समस्या समाधान हुनुपर्ने बताएकी छिन्।
मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरूसँग छलफल र अन्तरक्रिया गर्ने क्रममा गठीसँग मम्बन्धित सरोकारवालहरूसँग आज मन्त्रालयमा भएको पहिलो चरणको छलफलमा मन्त्री श्रेष्ठले सांस्कृतिक सम्पदाको जगेर्ना तथा संरक्षण गर्दै वैज्ञानिक ढंगले व्यवस्थित गर्दै लैजान आवश्यक रहेको बताइन्।
उनले गुठी सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवाला र सम्बद्ध निकायसँग छलफल गरेर समस्या समाधान हुने गरी अगाडि बढ्ने पनि बताए।
छलफलमा गुठीसँग सम्बन्धित सरोकारवालहरुले गुठी सम्बन्धी बुझाइमा स्पष्ट हुनु पर्ने, सांस्कृतिक सम्पदासँग जोडिएको विषय भएकाले यसलाई पछिसम्म फरक नपर्नेगरी समाधान गर्नुपर्ने सुझाव दिए।
मन्त्री श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधिहरूसँग यसअघि नै छलफल गरिसकेकी छिन्।