• २०८३ बैशाख ८ गते मङ्गलवार

बैतडीमा स्क्रब टाइफसको जोखिम, २२ जना संक्रमित फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं । पछिल्लो समय बैतडीमा स्क्रब टाइफस रोगको जोखिम बढ्दै गएको छ। यहाँका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस संक्रमित देखिन थालेपछि जोखिम बढ्दै गएको हो।

जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यो वर्ष संक्रमितको संख्या बढेको छ। ‘वर्षायामको सुरुबाटै संक्रमितको संख्या बढेको छ,’ उनले भने‚ ‘साउनदेखि हालसम्म २२ जनामा  स्क्रब टाइफस पुष्टि भइसकेको छ।’

जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ। तीमध्ये पनि सदरमुकामस्थित दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका बढी रहेको सूचना अधिकारी पन्तले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस