पौष २६, काठमाडौँ । काठमाडौँको शंखमुलबाट चितुवाको छालासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँवाट खटिएको बिशेष टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–३ घर भई बौद्ध बस्दै आएका २८ वर्षीय अर्जुन जिरेल, दोलखाकै जिरी नगरपालिका–३ घर भई भक्तपुरको नयाँवस्ती वस्ने ४८ वर्षीय जयवहादुर जिरेल र कैलालीको धनगढी नगरपालिका–७ का २२ वर्षीय राज कँडेल रहेका छन ।
उनीहरुलाई १ चितुवाको छालासहित काठमाडौँ महानगरपालिका–१० शंखमुलबाट नियन्त्रणमा लिएको र आवश्यक कारबाहीका जिल्ला वन कार्यालय काठमाडौँ पठाइने प्रहरीले जनाएको छ ।