• २०८३ असार १९ गते शुक्रवार

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकाले मौसम बदली हुने महाशाखाले जनाएको छ।

सोमबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर सामान्य बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस