• २०८३ असार १८ गते बिहिवार

दुई पुरुष मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, मकवानपुर। मकवानपुरमा आज बिहान दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ३ स्थित बकैया खोला पुलमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

विहान  सो पुलको रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा दाङको बबई गाउँपालिका स्थायी ठेगाना भएका हाल बकैया–४ तामाखोला बस्ने ३५ बर्षीय भीमबहादुर खत्रीको शव भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ संगमचोकस्थित आफ्नै डेरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका डिके भन्ने करिब ५० बर्षका पुरुषको शव बिहान ७ बजे फेला परेको प्रहरीले जनाएको छ । दुबै व्यक्तिको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस