• २०८३ जेष्ठ ५ गते मङ्गलवार

ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यू, दईजना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, रौतहट । सोमबार राति करिब १२ बजेको समयमा देवाहीगोनाही नगरपालिका-४ नजिक रहेको लालबकैयां नदीको बाँधको बाटो भएर खेत जोत्न जाने क्रममा ना ४ त १५०७ नम्वरको ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवाहीगोनाही नगरपालिका- ४ नदीपारीटोलका कबिन्द्र पटेल र पोखरियाटोलका गोविन्दा पटेल रहेका छन ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रहरी निरीक्षक राजन लम्सालका अनुसार ट्याक्टर पल्टिँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो भने दुर्घटनामा दुईजना घाइते भएका छन्। दुर्घटनामा घाइते हुनेमा देवाहीगोनाही-४ नदिपारी बस्ने राकेश पटेल र कन्थ पटेल रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस