• २०८३ बैशाख १५ गते मङ्गलवार

कटुवा पेस्तोल र गोली सहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, सिरहा । सुखिपुर नगरपालिका-७ बलही बस्ने ४७ वर्षीय गणेश कुमारलाई १ थान कटुवा पेस्तोल र १ थान गोली सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचानको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुरपतार तथा गोलबजार र अस्थाई प्रहरी पोष्ट शिव चौकबाट खटिएको प्रहरीले सिंहको घरमा सोधपुछ तथा तलासी गर्दा घर नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस